News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का कुवेत लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा पठाइएका छन्।
- खड्काले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै प्रलोभनमा पारी बन्धक बनाएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
- पीडित महिलाले घरबाट धकेल्दा दुबै खुट्टा भाँचिएको र नेपाल फर्किने क्रममा प्रहरी र युवा शक्ति संस्थाले उद्दार गरेको बताएकी छिन्।
६ चैत, काठमाडौं । ब्युटिपार्लरको काम भन्दै कुवतेर लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चालन भएका छन् ।
कारागार चलान हुनेमा सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का छन् । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो ।
उनले काठमाडौंको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै कुवेतर लगेर बन्धक बनाएको आरोप छ । फ्रि भिसा फ्रि टिकटमा कुवेत पठाउने र त्यहाँ पुगेपछि मासिक १२ सय केडी तलव हुने भन्दै प्रलोभनमा पारिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले बताएको छ ।
घरेलु कामको रुपमा लगाउने यातना दिने बन्धक बनाउने काम भएको र एक दिन २ तले घरबाट समेत धकेलिदिएको पीडित महिलालले बताएकी छिन् ।
घरबाट धकेल्दा दुबै खुट्टा भाँचिएको अवस्थामा त्यहाँको प्रहरीले उद्दार गरेको युवा शक्ति नामक संस्थाको पहलमा गत ८ माघमा नेपाल फर्किएको ती महिलाले बताएकी छिन् ।
प्रतिक्रिया 4