+
+
Shares

सर्लाहीमा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १०:०१

२३ साउन, जनकपुरधाम । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीया छोरा फैजान शेख रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीका स्कुल बसको ढोकाबाट लडेर फैजान घाइते भएका थिए । कक्षा ३ मा सोही विद्यालयमा अध्ययनरत फैजान बसको ढोकामा उभिरहेका बेला ढोकाबाट लडेर गम्भीर घाइते भएपछि बरहथवाको संकटमोचन अस्पतालमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटना पश्चात बस चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?