+
+
Shares

स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया छात्राको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १९:५०

१२ साउन, काठमाडौं । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसको चक्कामा च्यापिएर सोही स्कुलमा अध्ययनरत ५ वर्षीया छात्राको निधन भएको हो ।

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ ।

बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले च्यापिएर उनको टाउकोमा चोट लागेको थियो ।

तत्कालै उनलाई जीवन नारायण अस्पताल बयलबासमा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो ४ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?