
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ र बसन्त कुशवाहा तथा संजय कुमार यादव नयाँ मन्त्री बनेका छन्।
- मुख्यमन्त्री सतिशकुमार सिंहले दुवैजनालाई पद तथा गोपनियताको शपथ गराएका छन्।
- यसअघि दुई मन्त्रीलाई सरकारबाट फिर्ता बोलाइएको थियो र नयाँ मन्त्रीहरूलाई पद दिइएको हो।
८ जेठ, जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । जनमतबाट बसन्त कुशवाहा उद्योग वाणिज्य तथा पर्यटन र संजय कुमार यादव वन तथा वातावरण मन्त्री बनेका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले दुवैजनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
जनमतले यसअघि दुई मन्त्री सरकारबाट फिर्ता बोलाएका छन् । वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकील अलि मियालाई सरकारबाट बोलाएको थियो ।
लगत्तै कुशवाहा र यादवलाई मन्त्री नियुक्त गरिएको छ ।
कुशवाहा समानुपातिक प्रदेश सांसद हुन् भने यादव प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4