+
+
Shares

मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश सरकारले आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गर्‍यो।
  • बजेटको ३५.८९ प्रतिशत चालु खर्च र ६४.११ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ।
  • सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरिएको छ।

१ असार, जनकपुरधाम । मधेश सरकारले भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात लगायत क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ५८ करोडको बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको हो । अर्थ मन्त्री सुनिल कुमार यादवले मधेश प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको ३५.८९ प्रतिशत हो ।

यस्तै पुँजीगततर्फ ३० अर्ब २६ करोडको २८ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ६४.११ प्रतिशत हो । चालु वर्षको तुल्नामा ६.१ प्रतिशतले बढेको हो ।

सबभन्दा बढी बजेट भौतिक पूर्वाधार तर्फ विनियोजन गरिएको छ । भौतीक पुर्वाधार विकास मन्त्रालयलाई १५ अर्व ८८ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६ अर्व ४५ करोड, उर्जा सिचाँई तथा खानेपानी ४ अर्व ४१ करोड, शिक्षा तथा संस्कृती मन्त्रालय तर्फ ३ अर्व ५७ करोड विनियोजन गरिएको छ ।

यस्तै उद्योग बाणिज्य तथा पर्यटन तर्फ ३ अर्व ८ करोड, कृषि मन्त्रालय तर्फ २ अर्व ८३ करोड, वन तथा वातावरण २ अर्व ३७ करोड , खेलकुद तथा समाजिक कल्याण १ अर्व ६८ करोड विनियोजन गरिएको छ ।

सबभन्दा कम बजेट गृह सञ्चार तथा कानुन तर्फ ६४ करोड ८९ लाख र श्रम तथा यातायात मन्त्रालय ५७ करोड १४ लाख छुट्याएको छ ।

बजेट आन्तिरक राजश्ज वाट ९ अर्व ५० करोड ८३ लाख, वितिय समान्यीकरण अनुदानबाट ७ अर्व ७२ करोड १९ लाख, ससर्त अनुदानबाट ४ अर्व २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदान ३५ करोड ८२ लाख गरि कुल जम्मा १२ अर्व ६३ करोड ६४ लाख छ ।

यस्तै संघिय राजश्ज वाँड बाट १२ अर्व ३४ करोड ४५ लाख र गत वर्षको मौजदात १० अर्व ३८ करोड २ लाख ५१ हजार र घटेको रकम २ अर्व आन्तिर श्रृणबाट जुटाइने अर्थमन्त्री यादवले बताए ।

हेर्नुहोस् बजेट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?