
News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्।
- देउवाले आलोपालो सरकार बनाउने सहमति अनुसार चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गर्ने बताए।
- पत्रकार सम्मेलनमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव र कृष्ण यादवलगायतको उपस्थिति थियो।
२३ जेठ, धनुषा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।
सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गरिनेसमेत बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4