
९ साउन, जनकपुरधाम । सप्तरीमा एक शिक्षक मृत फेला परेका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशहा घर भएका शिक्षक रामकृष्ण राय आज बिहान नहर छेउमा मृत फेला परेका हुन् ।
सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार शिक्षक राय बिहीबार साँझदेखि अचानक सम्पर्कविहीन भएका थिए ।
शवको छेउमा आफ्नै साइकल र एउटा किटनासक औषधिको बोतल फेला परेको छ । शरीरमा घाउचोट केही नदेखिएको एसपी केसीले बताए ।
वडा नम्बर ४ का वडाध्यक्ष देबेन्द्र यादवका अनुसार उनी वडा नम्बर ५ को नेशनल पब्लिक स्कुलमा पढाउने गर्दथे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4