+
+
Shares

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ८:३६

१४ वैशाख, सप्तरी । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर- ६ मोहनपुर बस्ने ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् ।

आफ्नै बारीमा मकै रुङ्न बसेका उनलाई राति ११: ४५ बजे हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतक निरौलाको शव आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले बताए ।

निरौलाको शव परीक्षण गरीपरिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?