
१७ असार, धनगढी । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने हुम्लाको सुर्केगाड गाउँपालिका-५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका–७ कि ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले अफिमसहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4