Comments Add Comment

प्रदेश २

List Grid
रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

१० पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन । गौरको वीपी चोकमा प्रदर्शन गर्दै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-ओली समूह, नेपाली कांग्रेस र जसपाले रौतहटमा बेग्लाबेग्लै प्रर्दशन गर्दै आइरहेका छन । […]

कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा

१० पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । मा बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्रेडर्स, देवी किराना पसललाई […]

निजी क्षेत्रका समस्या प्रभावकारी ढंगले समाधान हुन्छ : अध्यक्ष गोल्छा

७ पुस, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका साझा समस्या प्रभावकारी ढंगले समाधान हुने बताएका छन् । उनले महासंघलाई नयाँ तवरबाट परिभाषित गराउने उद्देश्यले काम सुरु भइसकेको समेत बताए । वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रत्येक दिन दुई बजेपछि अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासंघमा […]

कलैयाबाट ५ जुवाडे पक्राउ

७ पुस, वीरगञ्ज । बाराको कलैयाबाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका–२५ बस्ने ४० वर्षीय भोला पटेल, वडा नम्बर १ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार, वडा नम्बर ६ बस्ने ४५ वर्षीय राजकिशोर साह, वडा नम्बर २७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी, महागढीमाई नगरपालिका–१ बस्ने ५५ वर्षीय पारस […]

संसद विघटनको असर प्रदेश–२ सभासम्म

६ पुस, जनकपुरधाम । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको असर प्रदेशसभासम्म पुगेको छ । विवाद छताछुल्ल हुने मध्येको एक हो, प्रदेश–२ । सप्तरी क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सांसद गोविन्द न्यौपाने प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्रीविरुद्ध आइतबार राजविराजमा आयोजित प्रदर्शनमा सहभागी भए । ‘संसद विघटनको […]

श्रीराम चिनी उद्योगले पहिलो चरणमा किसानको खातामा हाल्यो १६ करोड ४४ लाख

४ पुस, जनकपुरधाम । रौतहटस्थित श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन शुरु गरेको छ । उसले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको छ । उक्त चिनी मिलका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि उद्योगले भुक्तानी दिन शुरु गरेको हो । शुक्रबार श्रीराम चिनी उद्योगले १६ […]

वीरगञ्जको सिद्धार्थ माविमा परीक्षा हलको शिलान्यास

२ पुस, वीरगञ्ज । वीरगञ्ज–१४ चिनीमील आवासक्षेत्रस्थित सिद्धार्थ माविमा ३ करोड ५० लाख रुपैयाँको लागतमा परीक्षा हल बनाइने भएको छ । राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बनाउन लागिएको परीक्षा हलको बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । १० हजार ६ सय स्क्वायर फिट परीक्षा हलमा एकै पटकमा १ […]

मिर्गौलाको उपचार गर्ने खर्च अभावमा घरमै लडिरहेकी छन् पुष्पा

२ पुस, काठमाडौं । शिकारीबास खोला नजिकै रहेको सुकुमबासी स्याउली बस्ती । जस्ता र खरले छाएको सानो झुपडी । ५२ वर्षीय एक पुरुष आफ्नी बिरामी छोरीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । १५ वर्षीय छोरी बिरामी परेपछि दैनिक ज्यालामजदुरी गरेर खाने मेसो नै उनले भुलिसकेका छन् । जसका कारण उनको घरको चुलोमा नियमित आगो बल्न पनि छाडेको […]

प्रदेश २ मा महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

३० मंसिर, सप्तरी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको छनौटका लागि सप्तरी सदरमुकाम राजविराजमा प्रदेश २ स्तरीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सिराहा र महोत्तरी टिम विजयी भएको छ । स्थानीय राज रंगशालामा भएको खेलमा सिराहाले सप्तरीलाई र महोत्तरीले बारालाई पराजित गरेको हो । पहिलो खेलमा टस जितेर […]

सरकार आँखामा पट्टि र कानमा तेल हालेर सुतेको छ : चित्रलेखा यादव

२९ मंसिर, सप्तरी । नेपाली  कांग्रेसकी नेतृ चित्रलेखा यादवले नेकपा नेतृत्वको सरकारले जनतालाई ठग्ने र लुट्ने काम गरिरहेको आरोप लगाएकी छन् । उनले यो सरकारलाई फाल्ने बेला आइसकेको बताइन् । सप्तरी सदरमुकाम राजविराजमा कांग्रेसद्वारा सोमबार गरिएको प्रदर्शनमा सहभागी नेतृ यादवले सरकार अहिले जनताको पक्षमा नभएको बताइन् । ‘जनता आफ्नो समस्याबारे देखाइरहेपनि सरकार आँखामा पट्टि र […]

दौलतपुरमा आगो आतंक, दैनिक १० ठाउँमा आगलागी हुनुको कारण के हो ?

२९ मंसिर, सप्तरी । तराई-मधेशका जिल्लामा आगलागीका घटनाहरु बढी हुने गर्दछ । खासगरी हावाहुरीको समयमा सावधानी नअपनाउँदा आगलागीका घटना भएर कतिपय गाउँ नै सखाप हुने गर्छ । अर्काे लामखुट्टे धपाउन बालिएको घुरबाट समेत आगलागीका घटना धेरै हुने गरेको छ । तर, सप्तरीको सुरुंगा नगरपालिकामा न त आगोजन्य सामग्रीबाट कुनै लापर्वाही गरिएको छ । न त […]

पर्सामा एक पुरुषको शव फेला, हत्याको आशंका

२७ मंसिर, वीरगञ्ज । पर्सामा एक जना पुरुषको शव फेला परेको छ । वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो । बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको शव गाउँकै कुलोमा फेला परेको हो । गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ […]

यस वर्ष विवाह पञ्चमीमा विधिमात्रै पुर्‍याइने, अयोध्याबाट जन्ती नआउने

२६ मंसिर, जनकपुरधाम । कोरोना भाइरसको कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ । प्रत्येक वर्ष विवाह पञ्चमीको दुई साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै रौनक देखिएको छैन । यस पटक विवाह पञ्चमी […]

वीरगञ्जमा ‘जाऔं है पोखरा’ अभियान

२५ मंसिर, वीरगञ्ज । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीहरुले पर्यटन पुनरुत्थान तथा प्रवर्द्धनका लागि ‘जाऔं है पोखरा’ अभियान शुरु गरेका छन् । अभियान अन्तर्गत बुधबार उनीहरुले पर्सा राष्ट्रिय निकुञ्ज र वीरगञ्जमा सरोकारवालासँग भेटघाट गरेका छन् । कोभिड–१९ का कारण थलिएको होटल तथा पर्यटन व्यवसायको पुनरुत्थान तथा प्रवर्द्धनका लागि अभियान शुरु गरिएको पश्चिमाञ्चल होटल संघ पोखराले […]

संघीय सरकारले प्रदेश २ सरकारसँग घनिष्ठ सम्बन्ध राखेको छ : मन्त्री भट्टराई

२३ मंसीर, जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय सरकारले प्रदेश २ सरकारसँग घनिष्ठ सम्बन्ध राखेको बताएका छन् । जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले संघीय सरकार र प्रदेश २ बीच घनिष्ठ सम्बन्ध रहेको बताए । संघीय सरकारले संघीयताको मर्म विपरित आफ्नो अधिकार नदिएको भन्दै पटक–पटक आवाज […]

५० करोड लागतमा जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन तयार

२३ मंसिर, जनकपुरधाम । जनकपुरधाम विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण पूरा भएको छ । दुई पटक ठेक्का लागेपछि झण्डै नौ वर्षमा नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको हो । नयाँ टर्मिनल भवनमा धावन मार्ग र पार्किङ्ग स्थल फराकिलो बनाइएको छ भने बारुण यन्त्र र एक्सरे मेसिनको पनि व्यवस्था मिलाइएको विमानस्थल प्रमुख किरण गौतमले बताए । […]

उद्योग अनुगमन गर्दा घुस लिने नापतौलका ४ कर्मचारी पक्राउ

२० मंसिर, वीरगञ्ज । उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो । एउटा टेक्सटायल उद्योगमा अनुगमनको […]

बाराबाट स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

१९ मंसिर, काठमाडौं । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् । सशस्त्र प्रहरीको गस्तो टोलीले पचरौता नगरपालिका-७ बेनौलीस्थित सीमा क्षेत्रबाट शुक्रबार उक्त रकमसहित अन्सारीलाई नियन्त्रणमा लिएको हो । बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र […]

मापदण्ड विपरीत सञ्चालित ६ वटा औषधी पसल बन्द

१९ मंसिर, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर बजारमा सञ्चालित ६ वटा औषधी पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको छ । औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएको छ । प्राथमिक स्वास्थ्य […]

मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक

१९ मंसिर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज शुक्रबार विहान एकसाथ ह्याक गरिएको हो । यी दुबै पेज ह्याक गरी कभर र प्रोफाइल […]

बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

१४ मंसिर, वीरगञ्ज । पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको […]