
२८ असोज, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष मधेश प्रदेश जनलोकपाल आयोगले आर्थिक वर्ष २०८१/८२ को चौँथो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष रामसहाय राय यादवसहित प्रतिनिधिहरूले प्रदेश प्रमुख भण्डारीलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
आयोगले प्रतिवेदनमार्फत प्रदेशभित्र सार्वजनिक निकायमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा नागरिकको गुनासो समाधानका लागि चालु आर्थिक वर्षमा गरिएको कार्यहरूको विवरण प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख भण्डारीले जनलोकपाल आयोगको कामको सराहना गर्दै प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गर्ने बताए । उनले आयोगले पारदर्शिता र जवाफदेहिता कायम गर्न थप प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए ।
जनलोकपाल आयोगले प्रत्येक वर्ष आफ्नो कार्यक्षेत्रभित्रका गतिविधिहरू संकलन गरी प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गर्दै आएको छ ।
प्रतिक्रिया 4