+
+
Shares

लहानमा सवारी साधनको प्राविधिक जाँच : ५६ वटामा समस्या, मर्मत गरेर मात्र चलाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ७:१५

९ चैत, सिरहा । सवारी दुर्घटना न्यूनीकरणका लागि लहानमा विभिन्न सवारी साधनहरुको यान्त्रिक अवस्था जाँच गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहा तथा यातायात व्यवस्था कार्यालय लहान, सिरहाको प्राविधिक इन्जिनियर विशेषज्ञ टोलीको संयुक्त सहकार्यमा लहान नगरपालिका–१ स्थित कार्यालय अगाडि सवारी साधनहरुको प्राविधिक परीक्षण गरिएको हो ।

ट्राफिक प्रहरी वरिष्ठ नायव निरीक्षक अनरुध भुजेलका अनुसार,चेकजाँचका क्रममा लामो तथा छोटो दूरीका बस, म्याजिक, विङ्गर, टिपर, पिकअप तथा स्कुल बसहरुको यान्त्रिक अवस्था परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा धेरै सवारी साधन मापदण्डअनुसार नरहेको पाइएपछि सम्बन्धित सवारीधनी तथा चालकलाई आवश्यक मर्मत तथा सुधार गरी मात्र सञ्चालन गर्न सुझाव दिइएको बताए ।

उनले भने, ‘अभियान अन्तर्गत २१ वटा बस, १५ वटा विङ्गर, ९ वटा टिपर, ७ वटा पिकअप र ४ वटा स्कुल बस गरी कुल ५६ वटा सवारी साधनमा समस्या देखिएको थियो ।’

ट्राफिक प्रहरीका अनुसार सवारी साधनको यान्त्रिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता नियमित अनुगमन तथा जाँचलाई निरन्तरता दिइने जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?