+
+
Shares

प्रभु साहको प्रश्न – जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थप्नुको औचित्य के ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १४:०१

२८ माघ, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगकोम्याद थपिएकोमा प्रश्न उठाएका छन् । सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने उनको आग्रह छ ।

बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु नै सकिने बेला भइसक्यो, तर आयोगको म्याद चाहीँ लम्बिएको लम्बिएछ, किन ?’आयोगले प्रतिवेदन सार्वजनिक गर्न उनको माग छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । २३ गते १९ जनाको मृत्यु भएको थियो भने २४ गते समेत गरेर ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सार्वजनिक र नीति सम्पतिमा समेत तोडफोड र आगजनी भएका थिए ।

आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन भएको थियो । सुरुमा आयोगलाई तीन माहिनाको समय दिइएको थियो ।

काम नसकाएपछि आयोगको म्याद थपिँदै आएको छ । पछिल्लो पटक यही माघ २६ गते सरकारले आयोगको म्याद २५ दिन थपेको छ । म्याद थप भएसँगै आयोगले सरकारलाई आगामी फागुन २४ सम्ममा सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?