News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी नेपाल र आम जनता पार्टी (आजपा) बीच एकीकरण भएको छ।
- एकीकरणपछि पार्टीको नाम आजपा नै राखिएको छ र चुनाव चिह्न मोबाइल छाप नै कायम गरिएको छ।
- आजपा अध्यक्ष प्रभु साहले एकीकरण गर्नेहरूलाई स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन्।
३० पुस, काठमाडौं । नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी नेपाल र आम जनता पार्टी (आजपा) बीच एकीकरण भएको छ ।
आजपाको अध्यक्षमा प्रभु साह छन् । नेपाल सद्भावना पार्टीको नेतृत्व रामकुमार महतो र जन अधिकार पार्टी नेपालको नेतृत्व इमदाद गद्दीले गर्दै आएका थिए ।
एकीकरणपछि पार्टीको नाम आजपा नै राखिएको छ । चुनाव चिह्न मोबाइल छाप नै राखिएको छ । यसअघि आजपाको चुनाव चिह्न यही थियो ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसँग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरू स्वागत गर्दै उज्वल राजनीतिक भविष्यका लागि शुभकामना दिए ।
आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार पार्टी एकतासंगै नेपाल सद्भावना पार्टी र जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित भएको छ । यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग एकता र चुनावी गठबन्धन गरेको छ ।
प्रतिक्रिया 4