+
+
Shares

छठपछि आजपाले आन्दोलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते ९:५९

७ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा)ले छठपछि आन्दोलन गर्ने भएको छ ।

काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकका निर्णय सार्वजनिक गर्दै आजपाले छठपछि आन्दोलन गर्ने जानकारी दिएको हो ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको जनाएका छन् ।

दशैं, दिपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना अदानप्रदान लगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको हो ।

‘दशैं, दिपावली, छठपर्वसम्म हामीले शुभकामना कार्यक्रम सहित बिभिन्न कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन गर्दै अगाडी बढनेछौं । केन्द्रीय कमिटी पुनर्गठन गरेका छौं, अब प्रदेश, जिल्ला कमिटीहरु पुनर्गठन गर्दै छठपर्वपछि हामी व्यवस्था परिवर्तनका लागि आन्दोलन सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेका छौं,’ प्रवक्ता साहले उल्लेख गरेका छन् ।

‘पार्टी केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरुलाई पूर्नगठन गर्दै सिस्टम सुधारका लागि जनदवाव अभियान सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ,’ आजपाको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?