+
+
Shares

दुर्गा प्रसाईंलाई बिनासर्त रिहा गर्न आजपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १०:०६

५ फागुन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न आजपाको माग गरेको छ । प्रसाईं सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर प्रसाईलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निस्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो’, आजपाको विज्ञप्तिमा उल्लेख छ ।

मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने कार्य नगर्न भन्दै आजपाले अगाडि भनेको छ, ‘ प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग

गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?