+
+
Shares

मधेशमा कांग्रेसबाट जित्ने एकमात्र फिरदोस

मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ फागुन २४ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ५७ सिट जितेको थियो भने फागुन २१ को निर्वाचनमा मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये १ सिट मात्र जितेको छ।
  • फिरदोश आलमले रौतहट क्षेत्र नम्बर २ मा २९ हजार ५२८ मत प्राप्त गरी नेपाली कांग्रेसका लागि मधेशमा एक्लो जित हासिल गरेका छन् ।
  • फिरदोश आलमले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निर्वाचन क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

२४ फागुन, रौतहट । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५७ सिट जितेको थियो । समानुपातिकसहित मत जोड्दा कांग्रेस संसद्‌मा ठूलो दल बनेको थियो ।

तर फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले नराम्रो पराजय व्यहोरेको छ । सबैभन्दा धेरै मत पाउँदै आएको मधेशबाटै कांग्रेसले यसपटक ठूलो पराजय भोग्यो ।

मधेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । यहाँ कांग्रेसले जम्मा १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार फिरदोश आलमले रौतहट क्षेत्र नम्बर २ मा जित हासिल गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापादेखि केही पूर्वपदाधिकारी तथा शीर्ष नेताहरू चुनाव लडेको मधेशमा फिरदोशले मात्रै जित निकाले ।

को हुन फिरदोश आलम ?

२०४३ साल मंसिर ५ गते जन्मिएका डा. फिरदोस, कांग्रेसका नेता स्व: अफताब आलमका जेठा छोरा हुन् । नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट राजिनामा दिएर राजनीतिमा लागेका आलम डाक्टरसमेत हुन । उनले बागंलादेशको ढाका विश्व विद्यालयमा अध्ययन गरेका हुन् ।

शेख इद्रिसदेखि आफताब आलमको विरासत धान्न उनी २०७९ को निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित भएका फिरदोशले यस पटक उनैलाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए। प्रतिनिधिसभा निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेभने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका किरण साहले १८ हजार ४२२ मत पाए ।

निर्वाचित भएपछि फिरदोशले निर्वाचन क्षेत्रको विकासका लागि आफूले सकेको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेकोले आफूले यी समस्यालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। फिरदोसका भाइ डा. रजिक आलम भने रौतहटकै राजपुर नगरपालिकाका मेयर छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?