२४ फागुन, काठमाडौं । कर्णालीको मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भएका छन् ।
नेकपा एमालेका पूर्णबहादुर रोकायालाई झन्डै १ हजार २ सय मतले पछि पार्दै उनी विजयी भएका हुन् ।
निर्वाचन आयोगका अनुसार सात हजार ९१४ मतसहित शाही निर्वाचित हुँदा रोकायाले छ हजार ७१८ मत ल्याएका छन् ।
मुगुमा नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा माओवादीका रंगवीर परियारले २८०, राप्रपाका बलबहादुर मल्लले २०३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4