२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् ।
सर्लाही–४ बाट निर्वाचनमा पराजित भएपछि उनले विजेता सिंहलाई बधाई दिएका हुन् ।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सभापति थापाले आफूलाई मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
सभापति थापाले सर्लाही–४ मा देखेका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहलका लागि निरन्तरता दिने पनि बताएका छन् ।
‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ उनले लेखेका छन् ।
प्रतिक्रिया 4