News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका डा. शम्भु यादवले सिराहा–३ निर्वाचन क्षेत्रमा ३२ हजार २४९ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
- नेकपा एमालेका पूर्व सांसद लिलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।
- डा. यादवले २०६७ सालमा एमबीबीएस उत्तीर्ण गरी सिराहामा करिब सात वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्।
२४ फागुन, सिराहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. शम्भु यादव ३२ हजार २४९ मत प्राप्त गर्दै विजयी भएका छन्।
आइतबार बिहान करिब १० बजे सम्पन्न अन्तिम परिणामअनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सोही क्षेत्रका पूर्व सांसद लिलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत तथा जनता समाजवादी पार्टी नेपालका अशेश्वर यादवले ५ हजार ६७० मत प्राप्त गरेको निर्वाचन अधिकृत राजन श्रीवास्तवले जानकारी दिए ।
रास्वपाबाट सिरहा–३ मा निर्वाचित ४० वर्षीय डा. शम्भु यादवको जन्म पठेरवामा भएको हो। उच्च शिक्षाका भारतको जयनगर र पटना पुगेका उनले २०६७ सालमा एमबीबीएस उत्र्तिर्ण गरेपछि काठमाडौंस्थित बीएन्डभी अस्पतालमा दुई वर्ष तथा किस्ट कलेजमा एक वर्ष सेवा गरे ।
पछि आफ्नै गृह जिल्ला सिराहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत करिब सात वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । स्वास्थ्य सेवा र सामाजिक कार्यमा सक्रिय रहँदै आएका यादव पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
प्रतिक्रिया 4