+
+
Shares

सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी

कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ७:१५

सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् ।

उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?