+
+
Shares

विश्वप्रकाशले भने- पराजयको मेरो भागमा पर्ने जिम्मेवारी लिन्छु

विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उपसभापति शर्माले कांग्रेसको अवस्थालाई ‘इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १९:४२

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भिडिओ वक्तव्य जारी गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।

‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ उपसभापति शर्माले भने, ‘त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै । यसको सम्पूर्ण दोष बोक्नैपर्छ भने म बोक्न तयार छु, हामी बोक्न तयार छौँ ।’

मुलुकको नेतृत्व गर्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको जनमत स्वीकार गर्ने पनि उनले बताए । उनले कांग्रेस लगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने पनि बताए ।

तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने उपसभापति शर्माले बताए । ‘निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई काँग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने ।

विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरेपनि त्यसका लागि पर्याप्त समय नपुगेको उनले  दाबी गरे ।

विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उपसभापति शर्माले कांग्रेसको अवस्थालाई ‘इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?