२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौं–५ मा विजयी सस्मित पोखरेललाई बधाई दिएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पोखरेललाई बधाई दिएका हुन् ।
‘काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकोमा सस्मित पोखरेलजीलाई हार्दिक बधाई,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘यस यात्रामा मलाई मत तथा साथ दिनु हुने तपाईं सबैप्रति कृतज्ञ छु । तपाईंको सुख अनि दुःखमा निरन्तर साथमै रहने छु ।’
उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी सबैप्रति मनैदेखि धन्यवाद दिएका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका पौडेल अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।
यसपालि रास्वपा नेता पौडेलले ३० हजार ७३७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी पौडेलले ९ हजार १५९ मत ल्याए ।
प्रतिक्रिया 4