News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेल दुवै पराजित भएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट पौडेललाई पराजित गरेका छन्।
- मोरङ क्षेत्र नम्बर ४ बाट सन्तोष राजवंशीले घिमिरेलाई २४ हजार मतान्तरले पराजित गरेका छन्।
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्री पराजित भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल रास्वपाका उम्मेदवारहरूसँग पराजित भएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेको पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले जितेका हुन् ।
पोखरेलले ३०,७३७ मत ल्याएर विजयी हुँदा महामन्त्री पौडेलले ९१५९ मत ल्याएर दोस्रो बनेका हुन् ।
त्यस्तै, मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी हुँदा अर्का कांग्रेस महामन्त्री गुरुराज घिमिरे पराजित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री घिमिरेलाई २४ हजार भन्दा बढी मतान्तरले पराजित गर्दै राजवंशी विजयी भएका हुन् । उनले ३६ हजार ८५९ मत प्राप्त गरे घिमिरेले १२१४७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4