२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसबाट तेस्रोपटक मोहन आचार्यले ह्याट्रिक गरेका छन् ।
रसुवाबाट उठेका आचार्यले १० हजार६५६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए । देशभर पार्टीका अन्य उम्मेदवारको कमजोर मत आइरहेका बेला आचार्यले रसुवामा आफ्नो जित निकालेका हुन् ।
आचार्य रसुवाका लागि परीक्षित र चुनावी रणनीतिका चतुर नेता मानिन्छन् । उनको मुख्य शक्ति नै उनको विगतको जितको शृङ्खला र पारिवारिक प्रभाव हो । २०३३ साल चैतमा रसुवाको लहरेपौवामा जन्मिएका आचार्यले प्रवीणता प्रमाण पत्र तहमात्र पूरा गरेका छन् ।
२०४८ सालबाट विद्यार्थी राजनीतिमा आबद्ध आचार्य २०७८ मा नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
संसद्को सार्वजनिक लेखा समितिको सदस्य पनि भएर काम गरेको उनको अनुभव छ । उनका काका रामकृष्ण आचार्य यसै क्षेत्रबाट २०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) र २०५१ मा राप्रपाबाट सांसद निर्वाचित भई एक कार्यकाल विज्ञान तथा प्रविधि मन्त्रीसमेत भएका थिए ।
आचार्यले २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दुईपटक निर्वाचित भइसकेका छन् । २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट आचार्यले जित निकालेका थिए ।
जतिबेला उनले १८ हजार २३५ मत प्राप्त गरेका थिए ।
यो पनि-
प्रतिक्रिया 4