+
+
Shares

एमालेले अग्रता लिएका ठाउँमा पनि प्रतिस्पर्धीले दिइरहेछन् कडा टक्कर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २:०५

२३ फागुन, काठमाडौं । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको धमाधम नतिजा आइरहेको छ ।

हलसम्म १४ निर्वाचन क्षेत्रले आफ्नो उम्मेदवार पाइसकेको छ । निर्वाचनअघि प्रमुख दल रहेको नेकपा एमालेले भने कुनै पनि स्थानमा खाता खोल्न सकेको छैन ।

देशभरका केही जिल्लामा मत गणना हुनै बाँकी छ ।

गणना भइरहेकामध्ये अधिकांशमा पूरा नतिजा आइसकेको छैन । यद्यपि अहिलेसम्मको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवारहरूले अत्यन्तै थोरै स्थानमा मात्र अग्रता लिएको छ ।

उसले देशभर १४ ठाउँमा अग्रता लिएको छ । यो तथ्यांक मत गणनाको परिणाम अनुसार तलमाथि भइरहन्छ ।

तर, नेकपा एमालेले जति स्थानमा अग्रता कायम गरिरहेको छ, ती सबैमा उनीहरूका निकतटम प्रतिद्वन्दीहरूले कडा टक्कर दिइरहेको देखिएको छ ।

त्यस्तै अग्रता लिइरहेका नेकपा एमालेका कुनै पनि उम्मेदवारले अहिलेसम्म साढे तीन हजारभन्दा बढीको मतान्तर बनाएको छैन । उनीहरूमध्ये सबैभन्दा धेरै मतान्तर बाँके २ मा मोहम्मद इश्तियाक राईले बनाएका छन् । उनले बिहान साढे १ बजेसम्मको मत परिणाम अनुसार करिब साढे तीन हजारको मतान्तर छ ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठले १३ हजार १८२ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै उनी बाहेक कुनै पनि नेकपा उम्मेदवारले १० हजार मत कटाएका छैनन् ।

अझ कतिपय निर्वाचन क्षेत्रमा भने केही संख्याको मात्र मतान्तर फरक छ । विशेषत नेकपा एमालेले शहरी क्षेत्रमा कमजोर देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?