२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिने बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा-बुँदामा समीक्षा गरिने जानकारी दिएका हुन् ।
उपसभापति शर्माले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे ।
‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ऐक्यबद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ । केन्द्रिय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ,’ उपसभापति शर्माले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकतावद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ ।’
उनले अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिने र कमजोरीमा खबरदारी गर्ने बताए । ‘नेपाली कांग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ’, उपसभापति शर्माले भने ।
प्रतिक्रिया 4