+
+
Shares

उदयशमशेरले दिए बुद्धरत्नलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १४:२५

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले ललितपुर–१ बाट निर्वाचितमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जनलाई बधाई दिएका छन् ।

निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत (रास्वपा) का बुद्धरत्न महर्जनलाई बधाई दिएका हुन् ।

‘जनताको विश्वासलाई केन्द्रमा राखेर उहाँले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ सहमहामन्त्री राणाले भनेका छन् ।

लोकतन्त्रमा जित र हार दुवै प्रक्रिया भएको उल्लेख गर्दै उनले जनताको म्यान्डेटलाई सम्मान गर्दै आफू ललितपुर–१ का नागरिकहरूको सुख–दुःखमा निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

सहमहामन्त्री राणालाई १० हजार मतले पछि पार्दै मजर्हन विजयी भएका छन् । महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा राणाले १३ हजार ५२० मत ल्याएका छन् ।

ललितपुर–१ मा तेस्रो भएका नेकपा एमालेका उम्मेदवार चेतनाथ सञ्जेल छ हजार ५४६ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुनील महर्जनले एक हजार ९६४ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?