२४ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनमाथि प्रश्न उठ्न सुरू भएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको कांग्रेस केन्द्रीय कार्यसमितिका सभापति गगन थापासहितका पदाधिकारीहरू सबै पराजित भएपछि नियमित पक्षधर नेताहरूले प्रश्न उठाउन थालेका हुन् ।
कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेतले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, तर यसले एउटा कुरा छर्लङ्ग देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ ।’
गत पुस अन्तिम साता आयोजना भएको विशेष महाधिवेशनले शेरबहादुर देउवालाई सभापति पदबाट हटाएर गगन थापालाई नयाँ सभापति चयन गरेको थियो । विशेष महाधिवेशनको दुई महिनापछि भएको प्रतिनिधि सभा निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित भएका छन् ।
प्रतिक्रिया 4