+
+
Shares

केपी ओलीलाई बाबुराम दहालले दिए ११ सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ११:५५

२४ फागुन, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम दहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले पार्टी रिकभर हुन सक्ने सुझाएका हुन् ।

अहिले कसैले पार्टी छोडेका छैनन्, मत मात्र यता उता भएको हो । यो रिकभर हुन सक्छ, त्यसका लागि केही सुझाव दिँदैछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईं भर्खर अध्यक्ष हुनु भएको, तपाईंको हिम्मत र जोश हेर्दा अध्यक्ष छोड्ने हैन होला अत: यी सुझाव तत्काल कार्यान्वयन गर्नुहोस् ।’

ओली प्रधानमन्त्री हुँदा उनका कानुन विज्ञ थिए दहाल । उनै दहालले ओलीलाई ११ बुँदे सुझाव दिएका हुन् ।

१. तपाईंसँगै भएका मानिसहरूमध्ये तपाईंको धर्मपत्नी आदरणीय राधिका शाक्य बाहेक अरू कोही पनि तपाईंका शत् प्रतिशत आफ्ना मानिस होइनन्, छैनन् ।

२. तपाईं वरिपरिका विभिन्न पदका रहेका क्वाटर दर्जन दुष्ट, असहिष्णु र मानवीय गुण अत्यन्त कम भएका व्यक्तिहरूलाई आफ्नो नाकको झिंगा धपाउन तरवार दिएर राख्नुभएको छ, ती दुष्टआत्माहरूलाई तत्काल बर्खास्त गर्नुहोस् ।

३. तत्काल पार्टीको विशेष महाधिवेशन डाक्नुहोस्, आधा काम नलाग्ने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य फेर्नुहोस् । आफ्ना पिठिउँ हैन, तपाईंसँग आँखा जुधाएर कुरा गर्न सक्ने योग्य ब्यक्तिहरू पदपूर्ति गर्नूहोस् । तलका कमिटीहरू पनि त्यसैगरी पुनर्गठन गर्नुहोस् ।

४. केन्द्र र देशभरको पार्टी कार्यालय कार्यकर्ताको बनाउनुहोस्, हाकिमगिरी देखाउनेलाई नेता नबनाउनुहोस् ।

५. कसैलाई गाली नगर्नुहोस् र रुखो गालीकर्तालाई पार्टी जिम्मेवारीबाट हटाउनुहोस् ।

६. रातको २–३ बजेसम्म धेरैजसो चाप्लुसी गर्न आउनेहरूलाई नभेट्नुहोस् ।

७. विभिन्न भुगोल, सञ्चार क्षेत्र, कानुन क्षेत्र लगायतमा, त्यो क्षेत्रका पार्टी सदस्यहरूले मुखै हेर्न मन नपराउने मानिसहरूलाई जिम्मा दिनुभएको छ । तत्काल फेर्नुहोस् ।

८. पार्टी सदस्यहरू एकातिर, नेतृत्व अर्कोतिर छ, तालमेल छैन, नेतृत्व हाकिमी भएकोले कार्यकर्ताबाटै विस्थापित छ । पार्टी विधान बमोजिम कथित माथिबाट इम्पोज नगरी स्वतन्त्र निर्वाचनबाट नेतृत्व चयन गर्ने सुनिश्चितता गर्नुहोस् ।

९. एसियामै व्यवस्थित पार्टी जहाँको त्यहीँ छ, माथि लेखिएको कारणहरूले गर्दा अहिले पार्टीका एजेन्टहरूले पनि भोट फेरे जस्तो छ ।

१०. पार्टीमा फाइदाका लागि लागेका झोलेहरूले जनतालाई भोट नदिएकोमा सार्वजनिक रूपमा गाली गर्न थालिसके, जनता जनार्दन हुन, यो रोक्नुहोस् ।

१०. तपाईंको नाम जपेर खुसी पारेर खाई-लाई गरिरहेकाहरूलाई मेरो सुझाव पटक्कै मन पर्दैन, मलाई थाहा छ । तिनीहरूले तपाईंलाई भड्खालोमा हाल्दैछन् ।

११. अन्त्यमा भन्छु– प्रिय युवा जोश भएका आदरणीय अध्यक्ष ज्यू, कि सच्चिनुस्, कि योभन्दा अझ बढी सक्किनुस्, पार्टीलाई पनि सक्काउनुस् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?