+
+
Shares

झापा-५ मा ओलीले पाएको मतको अनुपात कस्तो हो ?

दुईवटा सर्वाधिक रेकर्ड राखेर रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट निर्वाचित भएका छन् । उनले ६८ हजार ३४८ मत पाए, प्रतिनिधिसभा निर्वाचनमा उनी यसपटक सबैभन्दा बढी मत पाउने उम्मेदवार हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा–५ बाट ६८ हजार ३४८ मत पाएर प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत पाएका छन्।
  • पूर्वप्रधानमन्त्री केपी ओलीले १८ हजार ७३४ मत पाएका छन् र बालेनले उनलाई ४९ हजार ६१४ मतले पराजित गरेका छन्।
  • बालेनले झापा–५ मा कुल मतको ६६ दशमलव ७९ प्रतिशत पाएका छन् भने ओलीले करिब १८ प्रतिशत मत पाएका छन्।

२३ फागुन, काठमाडौं । दुईवटा सर्वाधिक रेकर्ड राखेर रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट निर्वाचित भएका छन् । उनले ६८ हजार ३४८ मत पाए, प्रतिनिधिसभा निर्वाचनमा उनी यसपटक सबैभन्दा बढी मत पाउने उम्मेदवार हुन् ।

पूर्वप्रधानमन्त्री केपी ओलीले १८ हजार ७३४ मत पाए । बालेनले निकटतम प्रतिस्पर्धी केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरे ।

फराकिलो मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पराजित गर्नेमध्ये उनी दोस्रो व्यक्ति हुन् । रास्वपाकै सांसद डा. लेखजंग थापाले निकटतम प्रतिस्पर्धीलाई ५० हजार मतले पराजित गरेका थिए ।

कतिसम्म भने अघिल्लोपटक ओलीले पाएको ५२ हजार ३१९ मत र यसपाली ओली र बालेनबीचको मतान्तर करिब साढे दुई हजारको मात्रै फरक छ ।

ओलीले अघिल्लोपटक जति मत पाएका थिए, झण्डै त्यही हाराहारीको मतान्तरमा बालेनबाट पराजित भए । ओलीले यसपाली पाएको मत अघिल्लोको तुलनामा करिब एकतिहाईजति मात्रै हो । ओलीले अघिल्लोपटक पाएको मतभन्दा १८ हजार २८ मत बढी पाएर बालेन निर्वाचित भए ।

अघिल्लोपटक आफ्ना निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले पाएको भन्दा करिब ५ हजार कम मतमा नै ओलीले चित्त बुझाउनुपर्‍यो । अघिल्लोपटक कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेले झापा–५ को समानुपातिक प्रणालीमा जति मत पाएको थियो, त्यसको आधाआधी भोट मात्रै ओलीले पाएको देखिन्छ । एमालेले त्यहाँ अघिल्लो पटक ३५ हजार ८७२ मत पाएको थियो ।

झापा–५ मा खसेको कुलमध्ये बालेनले पाएर बाँकी रहेको जति भोट थियो, त्यसको आधाआधी भोटमात्रै ओलीले पाए । ओलीपछि तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका समिर तामाङले ओलीको आधाजसो अर्थात ९ हजार २३३ मत पाएका थिए ।

ओलीले यसपालि पाएको मतभन्दा दोब्बरजसो मत त अघिल्लोपटक कांग्रेस र रास्वपाका दुई उम्मेदवारले पाएका थिए । त्यतिबेला झापा ५ मा रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७४९ मत पाएका थिए ।

कुल एक लाख २ हजार सदर मतमध्ये बालेनले ६६ दशमलव ७९ अर्थात् दुई तिहाई मत पाएका थिए । ओलीले करिब १८ प्रतिशत मत पाएका थिए । ओली र बालेन बाहेक अरु सबै उम्मेदवारहरुले करिब १५ प्रतिशत मत पाएको देखिन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?