+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ७:१२

१२ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज शुक्रबार पनि सुनुवाइ हुँदै छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ । विहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरुले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादव लगायतले दायर गरेको अर्को एक रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न आदेश दिएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा यादवलाई मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएपछि चर्को आलोचना व्यहोरेकी भण्डारीलाई सरकारले प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो ।

नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?