१७ मंसिर, जनकपुरधाम । सदनमा पदबाट राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजिनामा पत्र बुझाएका हुन् ।
सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै उनले राजीनामा दिएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’ पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4