+
+
Shares

सिरहाबाट एसईईमा ११ हजार बढी विद्यार्थी सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते ८:३५

४ चैत, सिरहा । सिरहाबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ११ हजार ३७ विद्यार्थी सहभागी हुँदै छन् ।

परीक्षामा साधारणधारतर्फ १० हजार ६२५ र प्राविधिक धारतर्फका ४१२ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेको हो ।

परीक्षामा साधारणतर्फको नियमित ९ हजार ८१२, ग्रेड वृद्धिका लागि ८१३ तथा प्राविधिक धारतर्फका नियमित ३६५ र ग्रेड वृद्धिका लागि ४७ छात्र–छात्रा परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दिपकराज कनौलिले जानकारी दिए ।

परीक्षामा सहभागी विद्यार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन् । परीक्षा सञ्चालनका लागि ५१ वटा परीक्षा केन्द्र तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा यही चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?