+
+
Shares

मानव सेवा आश्रमको काम भगवान सेवा सरह : मन्त्री पटेल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते १६:४६

१९ पुस, वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले गरिरहेको काम भगवानको सेवा सरह रहेको बताएका छन् ।

मानव सेवा आश्रम वीरगन्ज शाखाको ८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पटेलले यस्तो बताएका हुन् ।

‘मानव सेवा आश्रमले भगवानले गर्ने काम गरिरहेको छ, यस्तो सेवा समाजका लागि अत्यन्तै आवश्यक र सराहनीय छ,’ उनले भने ।

मानव सेवा आश्रम मानवताका लागि काम गर्ने महत्त्वपूर्ण संस्था भए पनि सरकारी निकायबाट अपेक्षित सहयोग नहुनु दुखद विषय रहेको मन्त्री पटेलको भनाइ छ ।

‘सरकारको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्छु,’ उनले भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?