+
+
Shares

मधेश सरकार मातहतका कार्यालयमा छड्के निरीक्षण, ७२ कर्मचारी कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १९:०८
Listen News
0:00
0:30
🔊

२ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।

पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी नियम उल्लंघन गरेको पाइएको हो ।

निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेकोलगायतका विषयमा अनियमितता भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रलगायतका कार्यालयका कर्मचारी रहेका छन् ।

कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला छन् । तहगत रूपमा उपसचिव २, शाखा अधिकृत सरहका ४१, नायब सुब्बा सरहका १६, खरिदार सरहका ४, सवारी चालक ३ र कार्यालय सहयोगी ६ जना छन् ।

पूर्वस्वीकृति बिना अनुपस्थित ३४ जना र तोकिएको पोषाक नलगाएका ३८ जना भेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

नियम उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सम्बन्धित निकायमा विवरणसहित पत्राचार गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी सात जिल्लामा समेत अनुगमन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?