२ मंसिर, काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोडमा संलग्न भइ मंगलबार पक्राउ परेका पूर्वसांसद परमेश्वर साह र लोसपाका नेता जिबेन्द्र झा धरौटीमा रिहा भएका छन् । प्रहरीले उनीहरूलाई उनीहरूलाई अभद्र व्यवहारको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको थियो ।
त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई अभियोजनका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलसमक्ष पेश गरेको थियो । सिडियो लुईंटेलले उनीहरूलाई धरौटीमा छोड्ने निर्णय गरेका हुन् । नयाँ मुख्यमन्त्री नियुक्त भएपछिको विवादमा उनीहरू आफैं संलग्न रहेर कार्यालय तोडफोड र कर्मचारी कुटपिटमा सक्रिय थिए ।
प्रदेश प्रमुखले गरेको नियुक्ति र नवनियुक्त मुख्यमन्त्री यादव पदभार ग्रहण गर्न आउने भन्दै कांग्रेससहितका दलका सांसद कार्यकर्ताहरूले तोडफोड, कुटपिट र राष्ट्रिय झण्डासमेत फाल्नेसम्मको गतिविधि गरेका थिए ।
कुटपिटपछि नेपाल निजामती कर्मचारी युनियनले संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कात्तिक २४ गते नै ज्ञापन पत्र बुझाएका थिए ।
लगत्तै, प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । त्यसपछि प्रहरीले अदालतबाट आइतबार पक्राउ पुर्जी लिएको थियो । त्यसपछि प्रहरीले आज बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया 4