+
+
Shares

धनुषा र रौतहटका एसपी फेरिए

मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी प्रधान कार्यालयले धनुषा र रौतहटका एसपीहरूको हेरफेर गर्दै धनुषामा रुगम कुँवर र रौतहतमा रवीन कार्कीलाई नयाँ एसपी नियुक्त गरेको छ।
  • रुगम कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए भने रवीन कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए।
  • धनुषाको एसपी नरहरि रेग्मी करिब ६ महिनादेखि कार्यरत थिए र उनको ठाउँमा रुगम कुँवरलाई पठाइएको हो।

३१ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरूको हेरफेर गरेको छ ।

मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा नयाँ एसपीको रुपमा रुगम कुवँरलाई पठाइएको छ । कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए ।

यसअघि करिब ६ महिनादेखि धनुषाको एसपीको रूपमा नरहरि रेग्मी थिए ।

त्यस्तै रौततहटका एसपी नेत्रमणि गिरीको ठाउँमा पनि नयाँ एसपी रवीन कार्कीलाई पठाइएको छ । कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?