
२९ असोज, जनकपुरधाम । मधेश प्रदेश संसदीय दलमा जनमत पार्टी फुटेको छ । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन शाहले जन स्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन् ।
मुख्यमन्त्री सिंह सनाखत गर्न निर्वाचन कार्यालय जाँदा उनलाई रोक्न जनमतका नेता कार्यकर्ता पुगेका थिए । त्यस क्रममा झडप समेत भएको छ ।
मधेश प्रदेश संसदीय दलमा १३ जना प्रदेश सांसद छन् ।
मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेका थिए ।
नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह रहेका छन् ।
साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए ।
तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् ।
नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।
आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई दलको मान्यता दिएको थियो ।
प्रतिक्रिया 4