१६ मंसिर, काठमाडौं । जनमत पार्टी परित्याग गरेका डा.शरदसिंह यादवले नयाँ दल गठन गरेका छन् । यादवको नेतृत्वमा जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
जनअधिकार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । चुनाव चिन्हमा ढुङ्गा राखिएको छ । दल दर्ताका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयको अन्तिम दिन अर्थात् गत १४ मंसिरमा जनअधिकार पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।
नवगठित दलको केन्दंीय सदस्य २१ जनाको बनाइएको छ । केन्द्रीय समितिमा सात जना महिला सहित २१ जना बनाइएको अध्यक्ष यादवले जानकारी गराए । नवगठित दलका अध्यक्ष यादवले अनलाइनखबरसँग भने, ‘मधेशको राजनीतिमा वैकल्पिक र बलियो शक्ति बन्छौं ।’
प्रतिक्रिया 4