
२९ असोज, जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न जाँदा झडप भएको छ ।
निवर्तमान मुख्यमन्त्री सिंह र जनमतकै पूर्व वनमन्त्री त्रिभुवन साह नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए ।
त्यस क्रममा उनीहरूलाई जनमतका नेता कार्यकर्ता रोक्न जाँदा सामान्य झडप भएको थियो ।
जनमतका नेता कार्यकर्ताले सिंह सवार गाडीमाथि आक्रमण गर्न खोजेका थिए । तर सुरक्षाकर्मीहरूले गाडी तोडफोड हुनबाट बचाएका थिए ।
मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेका थिए ।
नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह छन् ।
साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए ।
तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् ।
नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।
आयोगको मंगलबार बसेको बैठकले जस्वपालाई दलको मान्यता दिएको थियो ।
प्रतिक्रिया 4