News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसदहरू धर्ना बसेका छन्।
- सात दलका सांसदहरूले सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै प्रदेश सभा परिसरमा बैठक गरेका थिए।
- सात दलले मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् र सभामुखविरुद्ध महाअभियोग दर्ता गराएका छन्।
३० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् ।
नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् ।
सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए।
गत २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमा शपथ खुवाएपछि सात दल निरन्तर विरोधमा छन्।
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका उनीहरूले मधेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पनि महाअभियोग दर्ता गराएका छन् ।
प्रतिक्रिया 4