+
+
Shares

‘ब्याक डेट’ मा नियुक्त भएका मुख्यमन्त्री यादवले होटलमा लिए शपथ

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटेलमै शपथ गराएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ७:४१

२४ कात्तिक, काठमाडौं । रातारात नियक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक होटलमै शपथ लिएका छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी हुन् ।

आइतबारको मितिमा यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी भण्डारीले बर्दिबासको पानस होटलमा आज बिहान सबेरै शपथ गराएकी हुन् । उनलाई आइतबारकै मिति राखेरै आजै बिहानीपख नियुक्ति दिएकी थिइन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि भने प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।

त्यसक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए ।

तर, लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो । त्यसपछि होटलमै शपथ गराएको भिडियो समेत सार्वजनिक भएको हो ।

आफूले उपचारका लागि बिदाइ गरेकी प्रदेश प्रमुख भण्डारीले सरोजकुमार यादवलाई मुख्यमन्त्री नियक्त गरेर शपथ खुवाएपछि निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले भने मधेश प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?