२२ कात्तिक, जनकपुरधाम । विश्वासको मत नपाउने देखेपछि सदनमा राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्री जितेन्द्र सोनालले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाएका छन् ।
आज साँझ प्रदेश प्रमुख कार्यालय पुगेर उनले प्रदेश प्रमुख सुवेदीलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।
उनले आजै बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।
मुख्यमन्त्री सोनलले आजै विश्वासको मत पनि लिने कार्यसूची थियो । तर, मत नपाउने देखेपछि उनले राजीनामा दिएका हुन् ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित थिए ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भए । माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह नै गरे ।
२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललले विश्वासको मत पाउने संकट उत्पन्न भएको छ । सत्ता पक्षका ५४ जना सांसद प्रदेशसभामा उपस्थित छन् । तर नेकपा माओवादी केन्द्रका दुई प्रदेश सांसदले विद्रोह गरेपछि मुख्यमन्त्री सोनालले विश्वासको मत नपाउने संकट उत्पन्न भएको हो ।
विश्वासको मत नपाउने भएपछि केहीबेरका लागि मत विभाजन रोकिएको छ ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित छिन् ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।
प्रतिक्रिया 4