+
+
Shares

राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति गुप्ता रौतहट–१ बाट कांग्रेसको प्रत्यक्षतर्फ सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १४:१८

७ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नं.–१ बाट राष्ट्रिय अपाङ कोषका पूर्व सभापति एवं मधेशमा कांग्रेसको प्रचारविभाग प्रमुख नितेश कुमार गुप्ताको नाम पनि सिफारिस भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र आत्मसम्मानका लागि निरन्तर आवाज उठाइरहेको हुँदा पार्टीले आफ्नो मूल्यांकलन गरेर सिफारिस गरेको गुप्ताले बताए ।

क्षेत्रीय समितिबाट सिफारिस भएको उनको नामलाई जिल्लाले पनि प्रदेश समितिमा पठाएको छ ।

रौतहट–१ बाट प्रत्यक्षतर्फ गुप्ता सहित कृष्णप्रसाद यादव, रामेश्वर प्रसाद यादव र सन्तु यादव सिफारिस भएको छ ।

समानुपातिकतर्फ जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभा  लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक/खुल्लाबाट) र नरेन्द्र पासवान (दलितबाट) सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?