७ पुस, काठमाडौं । सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ ।
‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरूले प्रदर्शनको क्रममा सर्वपक्षीय सरकार गठनको माग राखेका थिए ।
सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले केहीबेर नियन्त्रणमा पनि लिएको थियो ।
यसअघि ढुंगानासहितका युवाहरूले माइतीघर क्षेत्रमा प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति मागेका थिए ।
तर प्रशासनले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमति विना प्रदर्शन थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनमा सहभागी आक्रोशित समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेको थियो ।
उक्त समूह अहिले पनि प्रदर्शन जारी राखेको छ । प्रदर्शनकारी अहिले माइतीघरमा भेला भएका छन् ।
तस्वीरहरू : चन्द्रबहादुर आले/कौशल काफ्ले, अनलाइनखबर











प्रतिक्रिया 4