+
+
Shares

ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ग्यास चुहिएकाले झिकाइयो दमकल

प्रहरीका अनुसार ग्यास लिक भइरहेको छ । आगलागीको जोखिम भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १२:०५
Listen News
0:00
0:30
🔊

१५ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।

मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकमै तर्सो परेको छ । दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।

तर ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ । जंगल क्षेत्रमा दुर्घटना भएकाले नजिकमा बस्ती भने छैन ।

तर स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?