+

मन्त्रीद्वय घिसिङ र गुप्ताबाट निर्माणाधीन रामजानकी रंगशाला निरीक्षण

२०८२ मंसिर  ५ गते १२:०६ २०८२ मंसिर ५ गते १२:०६
मन्त्रीद्वय घिसिङ र गुप्ताबाट निर्माणाधीन रामजानकी रंगशाला निरीक्षण

५ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण गरेका छन् ।

शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गरेका हुन् ।

उनीहरूले रंगशाला निर्माणको कार्य रोकिनुका कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।

रंगशाला निरीक्षणका क्रममा मधेशको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराएका थिए ।

कुलमान घिसिङ बब्लु गुप्ता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय