तस्वीर : सुरेश राय/अनलाइनखबर
२७ माघ, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश यात्रामा निस्किएका छन् ।
उनी मधेश प्रदेशको सप्तरी हुँदै सिरहाको औरही, गोलबजार, पुरानो चौक चोहर्वा र नयाँ चौक–चोहर्वा मार्ग पार गर्दै कल्याणपुरतर्फ प्रस्थान गरेका हुन् ।
कल्याणपुरपछि बालेनले सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी धनुषा हुँदै महोत्तरी जाने कार्यतालिका रहेको जनाइएको छ ।
यात्राका क्रममा बालेनलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न स्थानमा स्वागत गरे ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4