बालेन्द्र शाह (बालेन)
२५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई पक्राउ गरिएको पुष्टि गरे । ‘तीन जनालाई पक्राउ गरेका छौं । उनीहरुबाट केही सामानहरु पनि बरामद भएका छन्’ एसपी भट्टराईले अनलाइनखबरसँग भने ।
पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको छ । चोरीमा मुख्य व्यक्ति जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार रहेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको भन्दै थप विवरण बताएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4